एजेन्सी । इंग्ल्यान्ड तथा लिभरपुलका डिफेन्डर जोए गोमेजले यस सिजनको बाँकी खेल गुमाउने भएका छन् ।
घुँडाको चोटको कारण गोमेजले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
राष्ट्रिय टिमको प्रशिक्षणको दौरान गोमेजले बुधबार चोट बोकेका थिए ।
गम्भीर प्रकारको चोट बोकेका गोमेजको बिहीबार शल्यक्रिया गरिएको छ ।
लिभरपुलले उनको देब्रे घुँडाको सफल शल्यक्रिया भएको जनाएको छ ।
लिभरपुलले उनी अब रिहाबमा बस्ने र उनको मैदान फर्कने मिति अनिश्चित रहेको जनाएको छ ।
२३ वर्षीय गोमेज यस सिजन मैदान फर्कने सम्भावना कम भएको समेत लिभरपुलले जनाएको छ ।