जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा

काठमाडौं । कीर्तिपुर–२, ट्याङ्लाफाँटमा नेपाल जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ ।
नेपालमा जोमासा मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित स्पोर्ट्स क्लबको शुभारम्भ गरिएको हो ।
स्पोर्ट्स क्लबको बिहीबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको थियो । स्पोर्ट्स क्लबको राष्ट्रिय युवा संघ रामेछाप जिल्ला सचिव मुकुन्द गौतम र क्लबका अध्यक्ष एवं प्रमुख प्रशिक्षक राम विष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
तीन वर्षअघि नेपाल भित्रिएको जोमासा मार्सल आर्ट्सको २०७६ माघदेखि भने नियमित प्रशिक्षण हुँदै आएको छ । यस मार्सल आर्ट्सको काठमाडौंको बल्खु, सानेपा र कालिमाटीमा यसअघि नै डोजो सञ्चालनमा रहेको प्रशिक्षक विष्टले जानकारी दिए ।
क्लब उद्घाटनकै अवसरमा हालै भारतमा आयोजना भएको अनलाइन मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो । उक्त च्याम्पियनसिपमा नेपालले नौ स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेको थियो ।
कार्यक्रममा एटोन नेपालका सञ्चालक प्रदीप उपाध्याय, क्लबका उपाध्यक्षजनकराज गौतम, कुमार चौलागाईं, महासचिव विवस घिमिरे, कोषाध्यक्ष सुनिता गौतम र सदस्यहरु रोशन तन्डुकार, अमृत खड्का, सुलिना तोलाङ्गी र रदीप बस्नेतलगायतको उपस्थिति रहेको थियो ।






copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)

-1761808270369.png&w=3840&q=75)





-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)