एजेन्सी । इटालीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा इटालीले इस्टोनियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इटालीलाई जित दिलाउन भिनसेन्जो ग्रिफोले दुई गोल गरे ।
यस्तै फेडरिको बर्नार्डेस्की र रिकार्डाे ओर्साेलिनीले एक एक गोल गरे ।
खेलको १४ औं मिनेटमा ग्रिफोले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा बर्नार्डेस्कीले गोल गर्दा इटालीको अग्रता २-० को बन्यो ।

खेलको ७५ औं मिनेटमा ग्रिफोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा रिकार्डोले पेनाल्टीमा गोल गर्दै इटालीलाई ४-० को सहज जित दिलाए ।
अर्को मैत्रीपूर्णमा जर्मनीले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
जर्मनीको जितमा जियान लुकाले निर्णायक गोल गरे ।
