एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स घरेलु मैदानमै पराजित भएको छ ।
बुधबार राति भएको खेलमा फ्रान्स फिनल्याण्डसँग २-० गोल अन्तरले पराजित भएको हो ।
विश्वकप विजेता फ्रान्सविरुद्ध जित निकाल्न फिनल्याण्डका मार्कुस फोर्स र ओनी भालाकारीले एक एक गोल गरे ।
खेलको २८ औं मिनेटमा मार्कुसले गोल गर्दै फिनल्याण्डलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३१ औं मिनेटमा ओनीले गोल गर्दै फिनल्याण्डलाई २-० को जित दिलाए ।
घरेलु मैदानमा बल पोजिसनमा एकतर्फी पकड जमाएपनि फ्रान्सले गोल गर्न सकेन ।
नेसन्स लिग अन्तर्गत समूह चरणमा प्रतिस्पर्धा गरिरहेका दुई टिमबीच मैत्रीपूर्ण खेल भएको हो ।
यस्तै मैत्रीपूर्ण खेल अन्तर्गत नै पोल्याण्डले युक्रेनलाई २-० ले हराएको छ ।
त्यस्तै डेनमार्कले स्विडेनलाई २-० ले नै हराएको छ ।
