राखेप सदस्य लाखेलाई खेलाडीको बधाई
बुधबार, कार्तिक २६, २०७७खेलपाटी संवाददाता
काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता नेपाली खेलाडी टोलीले करातेकर्मी पुरेन्द्रविक्रम लाखेलाई बुधबार एक कार्यक्रमबीच स्वागत गर्दै बधाई दिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएकोमा लाखेको सम्मानमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरिएको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, कार्यक्रमका संयोजक एवं १३ औं साग अन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ, खेलाडी, प्रशिक्षक लगायतले लाखेलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरेका थिए ।
सो अवसरमा टोकियो ओलम्पिकका लागि प्रशिक्षणमा रहेका कराते खेलाडी नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई ट्रयाकसुट प्रदान गरिएको थियो ।








copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)

-1761808270369.png&w=3840&q=75)





-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)