• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दिल्लीसँग सन्दीपको सम्झौता सकियो, अब के हुन्छ ?
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २६, २०७७ खेलपाटी संवाददाता
दिल्लीसँग सन्दीपको सम्झौता सकियो,  अब के हुन्छ ?

काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्ससँगको तीन वर्षे सम्झौता सकिएको छ ।

युएईमा मंगलबार सम्पन्न १३ औं संस्करणको आईपीएलसँगै सन्दीपको दिल्लीसँगको तीन वर्षे सम्झौता सकिएको हो ।

सन् २०१८ मा अक्सनबाट न्युनतम मूल्य २० लाख भारुमा सन्दीपलाई दिल्ली खरिद गरेको थियो । त्यसपछि दिल्लीले थप दुई वर्षको लागि सन्दीपलाई रिटेन गरेको थियो ।

सन्दीपले डेब्यु सिजन दिल्लीका लागि ३ खेलमा ५ विकेट लिएका थिए । यस्तै सन्दीपले दोस्रो वर्ष ६ खेल खेल्दै ९ विकेट लिन सफल भएका थिए ।

तर, सन्दीपले १३ औं संस्करणमा भने मैदान उत्रन पाएनन् । दिल्ली फाइनल पुगे पनि सन्दीप बेन्चमै सिमित भए ।

IPL 2020: Sunil Gavaskar wishes Nepal spinner Sandeep Lamichhane could play  for India | Cricket News – India TV

आईपीएल इतिहासमै पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि भिडन्तमा मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भएपछि सन्दीपको आईपीएल उपाधि जित्ने सपना समेत अधुरो बन्यो ।

दिल्लीसँगको सम्झौता सकिएसँगै अब सन्दीपको आईपीएल यात्रा के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।

तीन वर्षे सम्झौता सकिएपछि अब सन्दीपले दिल्लीबाट खेल्ने वा नखेल्ने निर्णय आईपीएल आयोजक कमिटि र भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईको हातमा रहेको व्यवस्थापक रमन शिवाकोटी बताउँछन् ।

'सुरुवाती ३ वर्षको सम्झौता सकियो । तर, आउने आईपीएलमा दिल्लीबाट खेल्ने वा नखेल्ने भने आईपीएलको बोर्डको हातमा हुनेछ,' शिवाकोटीले भने, 'हरेक ३ वर्षमा मेगा अक्सन हुने गर्छ । आउने वर्ष अक्सन हुनु पर्ने हो तर कोरोनाको कारण मेगा अक्सन नहुन पनि सक्छ । मेगा अक्सन भए स्वत सन्दीप अक्सनमा जानेछन् । मेगा अक्सन भएन भने दिल्लीबाटै खेल्ने हो ।'

शिवाकोटीले अब सन्दीप र दिल्लीबीचको सम्झौता आईपीएलको हातमा रहेको समेत बताए ।

'आईपीएलले खेलाडीको सम्झौता ४ वर्ष गर्ने भन्यो भने सन्दीप दिल्लीबाट खेल्छन् । हैन मेगा अक्सन गर्ने भन्यो भने सबै खेलाडी अक्सनमा जान्छन्,' शिवाकोटीले थपे, 'सम्झौता सकिएको बेला दिल्लीले रिटेन गर्छु भने सन्दीपले अर्को टिम जान्छु भन्न पनि पाउने छन् । त्यसको लागि अहिले सबै कुरा आईपीएलको हातमा छ । निर्णय आएको छैन सायद आउने हप्तामा उनीहरुले निर्णय लिन्छन् होला ।'

सन् २०१८ मा पहिलो पटक आईपीएलमा छनोट भएपछि सन्दीपले विश्वका सबै ठुला फ्रेन्चाइज क्रिकेटमा सहभागिता जनाइसकेका छन् ।

IPL has completely changed my life' – Sandeep Lamichhane is living the dream

आईपीएल सन्दीपको लागि विश्व क्रिकेटमा आगमनको ढोका बनेको थियो । आईपीएलमा छनोट हुने र खेल्ने सन्दीप पहिलो र एक्लो नेपाली खेलाडी हुन् ।

सन्दीपले आईपीएलपछि अष्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, बंगलादेशको बीपीएल, अफगानिस्तानको एपीएल, टी-टेन, क्यानाडाको ग्लोबल टी-ट्वान्टी र पाकिस्तानको पीएसएल क्रिकेट खेलिसकेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP