राखेपका पूर्व उपाध्यक्ष तिम्सिना कोरोना मुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
नेपाल ओलम्पिक कमिटिका उप-महासचिव समेत रहेका तिम्सिनाले बुधबार आफु कोरोना मुक्त भएको बताएका छन् ।
तिम्सिना २१ दिनको सेल्फ आईसोलेसनपछि कोरोना मुक्त भएका हुन् ।
तिम्सिनाले सामाजिक संजाल फेसबुकबाट आफ्नो पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।
'२१ दिनको आईसोलेसन पश्चात पीसीआर टेस्टमा कोरोना मुक्त भईयो । यस बीचमा मेरो स्वास्थ्य प्रति शुभकामना, चिन्ता र चासो व्यक्त गर्ने मान्यवरहरु, विशिष्ट व्यक्तित्वहरु, परिवारजन र सम्पूर्ण साथिहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु,' तिम्सिनाले फेसबुकमा लेखेका छन् ।
यस्तै तिम्सिनाले डा. रोसन कुमार झा र योग गुरु डा. कन्चन घिमिरेप्रति आभार व्यक्त गरेका छन् ।
तिम्सिनालाई गत कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो ।






copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)

-1761808270369.png&w=3840&q=75)





-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)