एन्फा अध्यक्ष शेर्पा कोरोना मुक्त
मंगलबार, कार्तिक २५, २०७७खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
एन्फा अध्यक्ष शेर्पाले मंगलबार आफु कोरोना भाईरसबाट मुक्त भएको बताएका छन् ।
शेर्पाले सामाजिक संजाल फेसबुकबाट सोमबार गरिएको परिक्षणमा कोरोना नेगेटिभ आएको बताएका छन् ।
'हिजो भएको स्वाब परिक्षणको नतिजा नेगेटिभ देखाएकोले कोरोना मुक्त भएको छु । कोरोना संक्रमणको दौरानमा मेरो शिघ्र स्वस्थ्य लाभको कामना गर्नु हुने सबै शुभ चिन्तकहरुमा हृदय देखि धन्यवाद दिन चाहान्छु,' उनले फेसबुकमा लेखेका छन् ।
अध्यक्ष शेर्पा १९ दिनपछि कोरोनाबाट मुक्त भएका हुन् ।
एन्फा अध्यक्ष शेर्पालाई गत कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए ।






copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)

-1761808270369.png&w=3840&q=75)





-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)