पौडी संघका अध्यक्ष बज्राचार्यलाई कोरोना
शनिबार, कार्तिक २२, २०७७खेलपाटी संवाददाता

काठमाडौ । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
अध्यक्ष बज्राचार्यले शनिबार सामाजिक संजाल फेसबुकबाट आफुलाई कोरिना संक्रमण भएको बताएका छन् ।
कोरोना पोजेटिभ देखिएपछि आफु आइसोलेसनमा बसेको बज्राचार्यले बताएका छन् ।
'आज मेरो कोरोना पोजेटिभ आएको छ । म हाल आईसोलेसनमा छु । आशा गरौँ चाडै निको हुनेछ,' उनले लेखेका छन् ।
बज्राचार्य पौडी संघमा कोरोना देखिने पहिलो व्यक्ति हुन् ।
यस अघि स्वाक्स प्रशिक्षक हरि थापा, नेपाल ओलम्पिक कमिटी महासचिव निलेन्द्र राज श्रेष्ठ, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राखेपका पूर्व उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका सह सचिब पिताम्बर तिमल्सिनालाई कोरोना देखिएको थियो ।
हालै राष्ट्रिय पुरुष फुटबल टिमका ७ खेलाडीमा समेत कोरोना देखिएको थियो ।






copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)

-1761808270369.png&w=3840&q=75)





-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)