• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'फिटनेसमा सुधार आएको छ'
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक २०, २०७७ खेलपाटी संवाददाता
'फिटनेसमा सुधार आएको छ'

काठमाडौं । नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका कार्यकारी प्रशिक्षक बाल गोपाल महर्जनले नेपाली टोलीका खेलाडीको फिटनेसमा सुधार आएको बताएका छन् ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेश जानु अघि प्रशिक्षक महर्जनले आफ्ना खेलाडीको फिटनेसमा केहि हदसम्म सुधार आएको बताएका हुन् ।

‘पहिलो अभ्यास सत्रमा जुन कमी कमजोरी थिए । कम्बिनेसनको अभ्यास भईरहेको थिएन । केहि समस्या देखिएको थियो । यो हप्ताको अभ्यासले केहि हदसम्म सुधार भएको छ । फिटनेसमा सुधार आएको छ,' तेस्रो पटक नेपाली टिम सल्हालेका प्रशिक्षक महर्जनले भने, 'प्राविधिक र शारिरीक रुपमा पनि केहि हदसम्म सुधार आएको छ ।’

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ ।

बंगलादेशसँगको खेलका लागि नेपाली टिम बिहीबार बिहान ढाका प्रस्थान गरिसकेको छ । नेपाली टिम ढाका पुगेपछि केहि दिन क्वारेन्टिनमा बस्नेछ र एक हप्ता प्रशिक्षणमा सामेल हुनेछन् ।

Image may contain: 4 people, people standing

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।

महर्जनले ढाकामा हुने थप एक हप्ताको प्रशिक्षणले टोलीको फिटनेस फर्कनेमा आफु आशावादी भएको समेत बताए ।

‘हामीलाई त्यहाँ एक हप्ता अभ्यास गर्ने मौका रहेको छ । समय भएका कारण खेलाडी फिट हुन्छ भन्नेमा आशा लागेको छ,’ नेपाललाई ढाकामै बंगबन्धु गोल्डकपको उपाधि दिलाएका प्रशिक्षक महर्जनले भने ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले कात्तिक १३ गतेबाट प्रशिक्षण थालेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले स्वीकृति दिएपछि एन्फाले टिमको तयारी गरेको हो ।

यस्तै टिमका केहि मुख्य सदस्य बंगलादेश गएका छैनन् । जसले महर्जनलाई समस्या थपिदिएको छ ।

Image may contain: 1 person, playing a sport, child and outdoor, text that says 'KELM'

टिममा रहेका मध्ये ७ खेलाडी कोरोना पोजेटिभ देखिएपछि बंगलादेश गएका छैनन् । यस्तै चोटका कारण टिमका भरपर्दा मिडफिल्डर रोहित चन्द समेत बंगलादेश गएका छैनन् ।

बंगलादेश जाने टिममा ८ नयाँ खेलाडी रहेका छन् । त्यसैले केहि खेलाडीले राष्ट्रिय टिममा डेब्युको मौका पाउने सम्भावना रहेको छ ।

‘यो मेरो लागि नौलो अवसर हो । कोभिडले नौलो अवसर बनायो । खेलाडी छनोट गर्ने काम निकै गाह्रो हुन्थ्यो । यस समय भने कोरोनालेनै खेलाडी छनोट गरेको छ । तर, एक प्रकारले कठिन पनि भईरहेको छ,' प्रशिक्षक महर्जनले भने, 'सिनियर र अनुभबी तथा पहिलो रोजाईका खेलाडी समेत संक्रमित हुँदा कठिनाई छ । तर, टिम गेम भएकाले समस्या भएपनि धेरै समस्या नहोला ।’

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।

Image may contain: 1 person, playing a sport and outdoor

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ साउन २४ गतेदेखि
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP