एजेन्सी । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा युक्रेनी क्लब एफटिसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै युभेट्सले दोस्रो जित निकालेको हो ।
एफटिसीको मैदानमा अल्भारो मोराटाले सातौं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० को अग्रता बनाएको युभेन्ट्सले ६० औं मिनेटमा मोराटाकै गोलबाट अग्रता दोब्बर बनायो ।

खेलको ७३ औं मिनेटमा पाउल डिबालाले गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए ।
८१ औं मिनेटमा एफटिसीका लाशा डीभालीले आत्मघाती गोल गर्दा युभेन्ट्स ४-० ले अघि रह्यो ।

त्यसपछि खेलको ९० औं मिनेटमा घरेलु टोलीका फ्रान्क बोलीले एक गोल गरेपनि युभेन्ट्स ४-१ ले विजयी भयो ।
जितसँगै समूह 'जी' को युभेन्ट्सले ३ खेलमा ६ अंक जोडेको छ । युभेन्ट्स समूहको दोस्रो स्थानमा रहेको छ ।
एफटिसी ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।