एजेन्सी । ग्याब्रियल जिससको चोट मुक्त गर्दै पुनरागमन गरेको खेलमा म्यान्चेष्टर सिटीले जित हात पारेको छ ।
मंगलबार राति च्याम्पियन्स लिग फुटबलमा शतप्रतिशत जित निकाल्ने क्रममा सिटीले ओलम्पियाकोसलाई ३–० गोल अन्तरले हराएको हो ।
सिटीले फेरान टोरेसको गोलमा सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो गोलका लागि सिटीले ग्रिक क्लबविरुद्ध कडा संघर्ष गर्नुपर्यो ।
८१ औं मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । उनी सेप्टेम्बर २१ पछि चोटका कारण खेलेका थिएनन् ।
उनी बेन्चबाट मैदान छिर्दै सिटीका लागि दोस्रो गोल गरे । सुरुका दुवै गोलका लागि केभिन डी ब्रुोएनीले पास उपलब्ध गराएका थिए ।
खेलको अन्तिम मिनेटमा जोआओ कान्सेलोले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।
सिटीले च्याम्पियन्स लिग फुटबलमा शतप्रतिशत जित निकालेको छ । नकआउट चरणमा स्थान बनाउन सिटीलाई नोभेम्बर २५ मा ग्रिक क्लबविरुद्ध प्राप्त जितनै पर्याप्त बन्नेछ ।
समूह सीकै अर्को खेलमा पोर्चुगलको पोर्टोले फ्रान्सेली क्लब मार्सेलीलाई ३–० ले हरायो ।
शीर्ष स्थानको सिटीले ३ खेलबाट ९ अंक जोडेको छ । पोर्टो ६ अंक सहित दोस्रो, ओलम्पियाकोस ३ अंक सहित तेस्रो र मार्सेली अंक विहिन हुँदै पुछारमा छ ।