काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका थप दुई सदस्यलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गर्नु अघि गरिएको परिक्षणमा थप दुई खेलाडीमा कोरोना देखिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बंगलादेश जाने टिमको पीसीआर टेस्ट गरेको थियो । जसमा २ खेलाडीलाई पोजिटिभ देखिएको हो ।
एन्फाले कोरोना देखिने खेलाडीको नाम गोप्य राखेको छ । उनीहरुलाई एकान्तवासमा पठाईएको छ ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
जसका लागि एन्फाले प्रारम्भिक प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाएको थियो । प्रारम्भिक प्रशिक्षण अघि नै ५ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।
एन्फाले कोरोना देखिने ७ खेलाडीको नाम बंगलादेश जाने टिमबाट समेत हटाएको छ ।
नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गर्नेछ ।