एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइपजिगसँगको खेल गुमाउने भएका छन् ।
चोटको कारण फ्रेन्च स्ट्राइकर एमबाप्पेले जर्मन क्लबसँगको खेल गुमाउने भएका हुन् ।
२१ वर्षीय एमबाप्पेले हामस्ट्रिङको चोट बोकेको बताईएको छ ।
एमबाप्पेले समेत चोट बोकेपछि पीएसजीलाई समस्या थपिएको छ ।
पीएसजीले जर्मन क्लबसँग दुई मुख्य खेलाडी बिना मैदान उत्रने भएको छ ।
चोटकै कारण नेयमारले समेत लाइपसँगको खेल गुमाउने छन् ।
पीएसजीले समूह चरणको तेस्रो खेलमा बुधबार लाइपजिगसँग उसैको मैदानमा खेल्नेछ ।
समूह 'एच' मा रहेको पीएसजीले २ खेलमा ३ अंक जोडेको छ । पीएसजी समूहको दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग पराजित पीएसजीले दोस्रो खेलमा इस्तानबुललाई हराएको थियो ।