एजेन्सी । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा आज इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले उसैको घरेलु मैदानमा एटलान्टासँग खेल्नेछ । लिभरपुल र एटलान्टाबीचको खेल नेपाली समय अनुसार १:४५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध लिभरपुल लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । अघिल्ला दुई खेल जितेको लिभरपुल समूह चरणमा अपराजित रहेको छ ।
लिभरपुलले पहिलो खेलमा डच क्लब आयाक्सलाई १-० ले पराजित गरेको थियो । दोस्रो खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २-० ले हराएको थियो ।
समूह 'डी' मा रहेको लिभरपुल २ खेलमा ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
इटालियन क्लबलाई हराएर लिभरपुल शीर्ष स्थान कायम राख्न चाहन्छ ।
तर, बलियो एटलान्टाविरुद्ध जित निकाल्न लिभरपुललाई सहज भने छैन । एटलान्टा २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एटलान्टा लिभरपुललाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लन समेत चाहन्छ ।
पहिलो खेलमा एटलान्टाले मिद्त्जील्यान्डलाई ४-० ले हराएको थियो । दोस्रो खेलमा भने एटलान्टाले आयाक्ससँग २-२ गोलको बराबरी खेलेको थियो ।
यसै समूहको अर्को खेलमा अंक विहीन रहदै पुछारमा रहेको मिद्त्जील्यान्डले आयाक्ससँग खेल्नेछ ।