एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले फरवार्ड सर्जियो अग्युरो चाडैं मैदान फर्कनेमा आफु विश्वस्त रहेको बताएका छन् ।
अर्जेन्टिनाका स्ट्राइकर अग्युरो चोटको कारण करिब दुई साताबाट मैदान बाहिर रहदै आएका छन् ।
प्रिमियर लिग अन्तर्गत अक्टोबर २४ मा वेस्ट ह्यामसँगको खेलमा अग्युरोले हामस्ट्रिङको चोट बोकेका थिए ।
त्यसयता ३२ वर्षीय अग्युरो मैदान बाहिर रहदै आएका छन् ।
तर, मुख्य प्रशिक्षक ग्वार्डीओलाले उनी नोभेम्बरको अन्तराष्ट्रिय ब्रेकपछि मैदान फर्कने बताए ।
'मलाई विश्वास छ कि उनी अन्तराष्ट्रिय ब्रेकपछि ठिक हुने छन्,' ग्वार्डीओलाले भने ।
मुख्य स्ट्राइकर चोट बोकेपछि सिटी दबाबमा रहेको छ । जसको प्रभाव टिमम देखिएको छ ।
सिटीले जारी सिजनको लिगमा उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन ।
'उहाँ ठिक हुँदै छन् । हामी उनको पुनरागमनमा अवरोध चाहदैनौं । उनी अझै राम्रो हुँदैछन्,' ग्वार्डीओलाले थपे ।
यस अघि चोटकै कारण अग्युरो लामो समय मैदान बाहिर रहेका थिए ।
घुँडाको चोटको कारण उनी ४ महिना मैदान बाहिर रहेका थिए ।