एजेन्सी । इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडविरुद्धको खेल गुमाउने भएका छन् ।
खुट्टामा लागेको चोटका कारण लुकाकुले रियलविरुद्ध नखेल्ने भएका हुन् ।
२७ वर्षका बेल्जियमका फरवार्डले यस सिजन ईटालियन क्लबका लागि ७ गोल गरेका छन् ।
च्याम्पियन्स लिगमा इन्टर समूह बीमा रहेको छ । इन्टरले दुई खेलबाट मात्र दुई अंक जोडेको छ । लुकाकुकै प्रभावमा इन्टरले बोरुसिया मोन्चेनग्लाडवाचसंग अंक खोस्न सफल बनेको थियो ।
युरोपा लिगको गत सिजनको उप–विजेता इन्टरका लागि लुकाकुले यस सिजन ६ खेलमा ७ गोल गरेका छन् ।
पछिल्लो समय टिम बाहिर रहेका एलेक्सिस साञ्चेज अभ्यासमा फर्किएका छन् । उनी पछिल्ला तीन खेलमा टिम बाहिर थिए ।
इन्टर प्रशिक्षक एन्टोनियो कोन्टेले चिलीका अन्तराष्ट्रिय फरवार्डले मड्रिड क्लबविरुद्ध सुरुवात गर्ने सम्भावना कम रहेको बताएका छन् ।