एजेन्सी । डच क्लब आयाक्सका ११ खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेल अघि गरिएको परिक्षणमा आयाक्सका ११ खेलाडीमा कोरोना देखिएको हो ।
आयाक्सले सोमबार आफ्ना टिमका ११ खेलाडीमा कोरोना देखिएको पुस्टि गरेको छ ।
टिमका ११ खेलाडी कोरोना संक्रमित भएपछि आयाक्स १७ खेलाडीसहित डेनमार्कको भ्रमणमा निस्किएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको तेस्रो खेलमा आयाक्सले एफसी मिद्त्जील्यान्डसँग उसैको मैदानमा खेल्नेछ ।
समूह 'डी' मा रहेका आयाक्स र मिद्त्जील्यान्डबीचको खेल बुधबार हुनेछ ।
यस समूहमा आयाक्सले १ अंक जोडेको छ । मिद्त्जील्यान्ड भने अंक विहीन रहेको छ ।