• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
बोर्ड बैठक अब तिहारपछि
हिम बिक्रम केसी
आइतबार, कात्तिक १६, २०७७ हिम बिक्रम केसी
बोर्ड बैठक अब तिहारपछि
राखेप सदस्य सचिवलाई नियुक्ति पत्र दिदै खेलकुद मन्त्रालयका सचिव राम थपलिया । फोटो : खेलकुद मन्त्रालय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक अब तिहारपछि मात्र बस्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी नपुगेको भन्दै राखेपको पहिलो बोर्ड बैठक तिहारपछि मात्र बोलाउने तयारी गरेका छन् ।

मन्त्रीपरिषद्ले राखेप बोर्ड सदस्य नियुक्त गरेपछि मन्त्री विश्वकर्माले दशैं लगत्तै बोर्ड बैठक बोलाउने बताएका थिए ।

मन्त्री विश्वकर्मा परिषद्का अध्यक्ष समेत हुन् ।

तर बैठक आयोजनाका लागि तयारी नपुगेको भन्दै मन्त्री विश्वकर्माले तिहारपछि मात्र बैठक बोलाउने बताएका छन् ।

‘बैठक तिहारपछि मात्र होला । तयारीमा जुटिरहेका छौ । बैठक अघि गर्नुपर्ने तयारीका कामहरु धेरै छन् ।’ मन्त्री विश्वकर्माले खेलपाटीसंग भने ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार परिषद्को बैठक वर्षको कम्तीमा दुई पटक बस्नुपर्ने उल्लेख छ ।

परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्ने र सदस्य सचिवले अध्यक्षसंगको परामर्शमा बैठकमा छलफल हुने विषयको सूचि सहितको सूचना बैठक भन्दा कम्तीमा सात दिन अगावै सबै बोर्ड सदस्यलाई पठाउनुपर्ने उल्लेख छ ।

बैठकले मुख्य रुपमा परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्नेछ ।

मन्त्री विश्वकर्माका अनुसार परिषद्ले पहिलो बैठकका लागि वार्षिक कार्यक्रमहरु बनाउने कामहरु गरिरहेको छ ।

‘पहिलो बैठकका लागि गर्नुपर्ने वार्षिक कार्यक्रम बनाउने काम बाँकी छ । खेलकुद सञ्चालनको आचार संघितादेखि सकिएको खण्डमा नियमावली समेत पुरा गरेर बैठकमा लैजाने तयारी छ ।’ मन्त्री विश्वकर्माले भने ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यान्वयनमा आएसंगै परिषद्को तत्कालिन बार्ड भंग भएको थियो ।

नयाँ ऐन अनुसार उपाध्यक्षमा शिव कोईराला, सदस्य सचिवमा रमेशकुमार सिलवाल र बोर्ड सदस्यहरु नियुक्त भएका छन् ।

परिषद्को ३७ जनाको बोर्डमा अझै ओलम्पिक कमिटि, विश्व विद्यालय र उद्योग वाणिज्य महासंघका प्रतिनिधि आउन बाँकी छ ।

मन्त्री विश्वकर्माले यसै हप्ताभित्र बाँकी सदस्यलाई पूर्णता दिने तयारीमा आफु लागेको बताएका छन् ।

यस पटक बस्ने परिषद्को पहिलो बोर्ड बैठकले राखेपको कार्यकारी समितिका लागि चार जना सदस्यको नियुक्ति समेत गर्नेछ ।

बोर्डमा रहेका सदस्यबाट चार जना राखेपको कार्यकारी समितिमा नियुक्त हुनेछन् । नयाँ ऐनले राखेप सञ्चालनका लागि ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ ।

समितिमा सदस्य सचिवको संयोजकत्वमा युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख र राखेपका विभागीय प्रमुख पदेन सदस्यको रुपमा रहनेछन् । बाँकी चार जनामा दुई जना परिषद् अध्यक्षको हैसियतमा खेलकुद मन्त्री र बाँकी दुई जना परिषद्ले मनोनित गर्ने ऐनमा उल्लेखछ । तर अध्यक्ष र परिषद्ले कार्यकारी समिति नियुक्त गर्दा दुई जनामा कम्तिमा एक महिला अनिवार्य राख्नुपर्नेछ ।

बोर्ड बैठक अघि कार्यकारी समिति गठनमा समेत ठुलो रस्साकस्सी हुने आँकलन गरिएको छ ।

नयाँ ऐन अनुसार खेलकुद सञ्चालन गर्न मन्त्रालय र परिषद्लाई समस्या परेको छ । नियमावली नहुँदा ऐन अनुसार अघि बढ्न दुवै निकायलाई गाह्रो परेको अवस्था छ ।

युवा तथा खेलकुद मन्त्रालयले सह–सचिव भक्तराज ढकालको नेतृत्वमा नियमावली मस्यौदा समिति गठन गरेको छ । तर कोरोनाका कारण नियमावलीको मस्यौदा निर्माणको काम अघि बढ्न सकेको छैन ।

‘ऐन कार्यान्वयनका लागि नियमावली बनाउन आवश्यक छ । नियमावली नहुँदा काम गर्न समस्या हुन्छ । बैठक अघि नियमावलीमै केन्द्रित भईरहेका छौ ।’ मन्त्री विश्वकर्माले भने ।

पछिल्लो पटक आठौं राष्ट्रिय खेलकुदको समापन अघि राखेपको बोर्ड बैठक बसेको थियो । अध्यक्षको अनुपस्थितीमा उपाध्यक्ष पिताम्बर तिम्सिनाले बैठकको अध्यक्षता गरेका थिए । बैठकले नवौं राष्ट्रिय खेलुकद गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो ।

वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने बोर्ड बैठक झण्डै दुई वर्षदेखि बस्न सकेको छैन ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP