एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जियाच, कुर्ट जुमा र टिमो वेर्नेरले एक एक गोल गरे ।
खेलको २७ औं मिनेटमा जियाचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

६३ औं मिनेटमा जुमाले गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७० औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।
जितसँगै चेल्सीले ७ खेलमा १२ अंक जोडेको छ । यस्तै चेल्सी तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।
बर्नली १ अंक जोडेर पुछारमा रहेको छ ।
