एजेन्सी । साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा एफसी कोल्नलाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न शीर्ष स्थानमा उक्लिएको हो ।
बायर्नको जितमा थोमस मुलर र सर्जी जिनाब्रीले एक एक गोल गरे । कोल्नका डोमिनिकले एक गोल फर्काए ।
कोल्नको मैदानमा मुलरले १३ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ४५ औं मिनेटमा जिनाब्रीले गोल गरेपछि पहिलो हाफमा बायर्नले २-० को अग्रता बनायो ।
त्यसपछि खेलको ७३ औं मिनेटमा घरेलु टोलीका डोमिनिकले एक गोल फर्काए पनि बायर्नले २-१ को जित निकाल्यो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको बायर्नले ६ खेलमा १५ अंक जोडेको छ ।
कोल्न ६ खेलमा २ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

अर्को खेलमा बोरुसिया डर्टमण्डले अर्मिनियालाई २-० ले हराएको छ । डर्टमण्डको जितमा माट हुमेल्सले दुबै गोल गरे ।
जितसँगै डर्टमण्ड तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ ।
डर्टमण्डले ६ खेलमा १५ अंक जोडेको छ ।