वाल्करको गोलमा सिटीको जित
शनिबार, १५ कार्तिक २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ ।
शनिबार भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सेफिल्डको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्करले निर्णायक गोल गरे ।
वाल्करले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । वाल्करको यो १०० प्रिमियर लिग खेल समेत हो ।
केभिन डी ब्रुएनको पासमा वाल्करले निर्णायक गोल गरेका हुन् ।
जितसँगै सिटीले ६ खेलमा ११ अंक जोडेको छ । सिटी तालिकाको सातौं स्थानमा समेत उक्लिएको छ ।
सेल्फिल्डको यो छैटौं हार हो । सेफिल्डले ७ खेलमा १ अंक जोडेको छ ।
सेफिल्ड पुछारबाट दोस्रो स्थानमा रहेको छ ।







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

