एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले आज (शनिबार) एसडी हुयस्कासँग खेल्दैछ ।
रियलले घरेलु मैदानमा हुयस्कासँग खेल्नेछ । खेल बेलुका ६:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल सहज जित निकाल्ने योजनामा हुनेछ । यस्तै रियल जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ ।
रियलले ६ खेलमा १३ अंक जोडेको छ । र, रियल तालिकाको तेस्रो स्थानमा रहेको छ ।
हुयस्का ७ खेलमा ५ अंक जोडेर तालिकाको १८ औं स्थानमा रहेको छ ।
यस्तै बार्सिलोनाले डिपोर्टिभो अलाभेससँग उसैको मैदानमा खेल्नेछ ।
बार्सिलोना र अलाभेसबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
बार्सिलोना ५ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै एट्लेटिको मड्रिडले ओसासुनासँग खेल्नेछ ।
यस्तै सेभियाले एथ्लेटिक बिल्बाओसँग खेल्नेछ ।