एजेन्सी । इटालियन क्लब एसी मिलानका दुई खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
मिलानले सोमबार आफ्ना दुई खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।
मिलानले गोलकिपर जियानलुजी डोनारुम्मा र विंगर जिन्स पिटरलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
यस्तै टिममा अन्य ३ स्टाफमा समेत कोरोना देखिएको मिलानले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएका सबै सेल्फ आइसोलेसनमा बसेको समेत बताएको छ ।
उनीहरु पूर्ण रुपमा स्वस्थ्य रहेको समेत मिलानले जनाएको छ ।
सोमबार परिक्षण गरिएका अन्य खेलाडीको रिपोर्ट भने नेगेटिभ आएको क्लबले जनाएको छ ।