इंग्ल्यान्ड र जर्मनीबीचको मैत्रीपूर्ण रद्द
सोमबार, कार्तिक १०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्ड र जर्मनी महिला फुटबल टिमबीचको मैत्रीपूर्ण खेल रद्द भएको छ ।
इंग्ल्यान्ड टिमका ब्याकरुम स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएपछि मैत्रीपूर्ण खेल रद्द गरिएको हो ।
इंग्ल्यान्डले मंगलबार ब्रिटा एरिनामा जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको थियो ।
मैत्रीपूर्ण खेल बन्द रंगशालामा हुने तय भएको थियो ।
तर, घरेलु टोलीका स्टाफमा कोरोना देखिएपछि मैत्रीपूर्ण खेल रद्द गरीएको छ ।

कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डको महिला टिमले गत मार्चबाट कुनैपनि खेल खेलेको छैन ।
इंग्ल्यान्डले जर्मनीसँग पछिल्लो पटक गत नोभेम्बरमा खेलेको थियो ।
वेल्बलीमा भएको उक्त खेलमा जर्मनीले २-१ को जित निकालेको थियो ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



