एजेन्सी । रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा एसडी हुएस्कालाई ४-१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा मिकेल ओयार्जाबलले ३५ औं मिनेटमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।
खेलको ४६ औं मिनेटमा राफा मिरले गोल गर्दै हुएस्कालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५४ औं मिनेटमा मिकेलले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए ।
६८ औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दा सोसिडाड ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ७५ औं मिनेटमा एलेक्सजेन्डर इसाकले गोल गर्दै सोसिडाडलाई ४-१ को जित दिलाए ।
जितसँगै सोसिडाडले ७ खेलमा १४ अंक जोडेको छ । रियल मड्रिडलाई १ अंकले पछि पार्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।
हुएस्का ७ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
ला लिगाकै अर्को खेलमा ग्रानडाले गेटाफेलाई १-० ले हराएको छ ।
डिपोर्टिभी अल्भेसले रियल भालाडोलिटलाई २-० ले पराजित गर्दा भिया रियल र काडिजले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
