एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले आर्सनललाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा लेष्टरले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले निर्णायक गोल गरे ।
खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका भार्डीले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

भार्डी ६० औं मिनेटमा डेनिसको स्थानमा मैदान प्रवेश गरेका थिए ।
यो जितसँगै लेष्टरले पहिलो पटक आर्सनललाई उसैको मैदानमा हराएको हो ।
लेष्टरले यस अघि प्रिमियर लिगमा आर्सनलविरुद्ध अवे जित निकाल्न सकेको थिएन ।
आर्सनललाई हराएसँगै लेष्टरले ६ खेलमा १२ अंक जोडेको छ । लेष्टर चौंथो स्थानमा उक्लिएको छ ।
आर्सनलले ६ खेलमा ९ अंक जोडेको छ । आर्सनल दशौँ स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा उल्भ्सले न्युकासल युनाईटेडसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।
घरेलु मैदानमा राहुल जेमिनेजले ८० औं मिनेटमा गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए ।
तर, ८९ औं मिनेटमा ज्याकोब मुर्फेले गोल गर्दै न्युकासललाई हारबाट जोगाए ।
