एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको खेलमा युनाईटेड र चेल्सीले गोलरहित बराबरी खेलेको हो ।
ओल्ड ट्राफोर्डमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अंक बाड्नु परेको हो ।

युनाईटेडका स्ट्राइकर एडिनसन काभानीले चेल्सीविरुद्धको खेलबाट डेब्यु गरे । फ्रेन्च क्लब पीएसजीबाट आएका उनी ड्यानियल जेम्सको स्थानमा ५८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
बराबरीसँगै युनाईटेडले ६ खेलमा ८ अंक जोडेको छ । युनाईटेड तालिकाको ११ औं स्थानमा रहेको छ ।
चेल्सीले ६ खेलमा ९ अंक जोडेको छ । चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई २-१ ले पराजित गरेको छ ।
क्रिस्टलका लागि जिरो रेइडेवाल्ड र विल्फ्रेड जाहाले एक एक गोल गरे ।
फुलहमका टमले एक गोल फर्काए ।
यस्तै कमाराले रातो कार्ड पाएपछि अन्तिम केहि मिनेट फुलहम १० खेलाडीमा समेटिएको थियो ।