डेभिड आठ हप्ता मैदान बाहिर रहने
शनिबार, कार्तिक ८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका डिफेन्डर अल्फन्सो डेभिस लामो समय मैदान बाहिर रहने भएका छन् ।
बुन्डेसलिगा अन्तर्गत शनिबार आइनट्राख्ट फ्रान्कफुर्टविरुद्धको खेलमा चोट बोकेपछि डेभिस लामो समय मैदान बाहिर रहने भएका हुन् ।
बायर्नले क्यानेडियन स्टार डेभिस ६ देखि ८ हप्ता मैदान बाहिर रहने जनाएको छ ।
१९ वर्षीय डिफेन्डरको दाहिने खुट्टाको एन्कलको लिगामेन्ट च्यातिएको बायर्नले जनाएको छ ।
घरेलु मैदानमा चोटको कारण डेभिस तेस्रो मिनेटमै मैदानबाट बाहिरिएका थिए ।
उनको स्थानमा लुकास हर्नान्डेज मैदान प्रवेश गरेका थिए ।
फ्रान्कफुर्टविरुद्धको खेलमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बायर्नले ५-० को जित निकालेको थियो ।






-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)




