एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सानदार जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा लिड्सले एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एस्टनको मैदानमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्डले ह्याट्रिक गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बामफोर्ड चम्किए ।
खेलको ५५ औं मिनेटमा बामफोर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

६७ औं मिनेटमा बामफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा लिड्सको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ७४ औं मिनेटमा बामफोर्डले ह्याट्रिक पुरा गर्दै लिड्सलाई ३-० को सानदार जित दिलाए ।
बामफोर्डको यो प्रिमियर लिगमा पहिलो ह्याट्रिक हो । यससँगै उनले प्रिमियर लिगमा आफ्नो गोल संख्या ६ पुर्राएका छन् ।
जितसँगै लिड्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । तेस्रो जित निकालेको लिड्सले ६ खेलमा १० अंक जोडेको छ ।
लिड्ससँगको हारसँगै एस्टनको भने अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
अघिल्ला खेलमा अपराजित एस्टनले ५ खेलमा १२ अंक जोडेको छ । एस्टन लिगको दोस्रो स्थानमा यथावत रहेको छ ।
