एजेन्सी । इटालियन क्लब एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा सेल्टिकलाई ३-१ गोल अन्तरले पराजित गर्दै मिलानले सुखद सुरुवात गरेको हो ।
सेल्टिक मैदानमा राडे क्रुनिकले १४ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

खेलको ७६ औं मिनेटमा मोहमेद एल्यौनोसीले गोल गर्दै सेल्टिकलाई २-१ को स्थितिमा ल्याए ।
तर, ९० औं मिनेटमा जेन्स पिटर हउगेले गोल गर्दै मिलानलाई ३-१ को सहज जित दिलाए ।
जितसँगै समूह 'एच' को मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा फ्रेन्च क्लब लिलले स्पार्टा प्राग्वेलाई ४-१ ले हराएको छ ।
यस समूहमा लिल शीर्ष स्थानमा रहदा मिलान दोस्रो स्थानमा रहेको छ ।