एजेन्सी । इंग्लिस क्लब टोटेनहमले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई ३-० ले हराएर टोटेनहमले सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा लुकास मौराले १८ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
खेलको २७ औं मिनेटमा आन्द्रेसले आत्मघाती गोल गरेपछि टोटेनहमको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।
जितसँगै समूह 'जे' को टोटेनहमले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

अर्को इंग्लिस क्लब लेष्टर सिटीले युक्रेनी क्लब जोर्यालाई ३-० ले नै पराजित गर्यो ।
खेलको २९ औं मिनेटमा जेम्स माडीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेष्टर २-० ले अघि रह्यो ।

खेलको ६९ औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई ३-० को जित दिलाए ।
जितसँगै समूह 'जी' को लेष्टरले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।