राखेपका पूर्व उपाध्यक्ष तिम्सिनालाई कोरोना
बिहिबार, कार्तिक ६, २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
नेपाल ओलम्पिक कमिटिका उप-महासचिव समेत रहेका तिम्सिनाले बिहीबार आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
तिम्सिनाले सामाजिक संजाल फेसबुकबाट आफुलाई कोरोना देखिएको बताएका हुन् ।
'हिजोको पीसीआर परिक्षणले मलाई कोरोना पोजेटिभ देखियो,' तिम्सिनाले फेसबुकमा लेखेका छन्, 'यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।'






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)







