एजेन्सी । च्याम्यिन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले एफसी पोर्टोलाई हराएको छ ।
बुधबार राति पुनरागमन जित निकाल्ने क्रममा सिटीले पार्टोलाई ३–१ गोल अन्तरले हराएको हो ।
पोर्चुगलको लिग च्याम्पियन पोर्टोले खेलको सुरुवातमै लुइस डियाजको गोलमा अग्रता बनाएको थियो ।
तर सर्जियो अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए ।
इल्के गुन्डोगनले ६५ औं मिनेटमा सिटीलाई २–१ को अग्रता दिलाए ।
फेरन टोरेसले ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई ३–१ जित दिलाएका थिए ।
अग्युरोको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका टोरेसले तेस्रो गोल गरेका थिए ।

पेप ग्वार्डीओलाको टिमबाट पुरानो प्रर्दशन देखिएन । सिटी खतरनाक पोजिसनमा निकै सुस्त देखिथ्यो । तर पहिलो खेल उनीहरुले नियन्त्रणमा राखेका थिए ।
समूह सीकै अर्को खेलमा ग्रिक क्लब ओलम्पियाकोसले फ्रेन्च क्लब मार्सेलाई १–० ले हरायो ।
इन्जुरी समयमा हसन महागुबले गोल गर्दै ओलम्पियाकोसलाई तीन अंक दिलाए ।
च्याम्पियन्स लिगको पहिलो खेलमा जित निकाल्दै सिटी र ओलम्पियाकोसले समान ३ अंक जोडेका छन् । पार्टो र मार्से अंक विहिन छन् ।