एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले एटलेटिको मड्रिडमाथि सहज जित दर्ता गरेको छ ।
च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित निकाल्ने क्रममा बायर्नले एट्लेटिकोलाई ४–० ले हराएको हो ।
पोर्चुगलको लिस्वोनमा उपाधि जितेको ५९ दिनपछि हान्सी फ्लिकको टिमले डिएगो सिमोन नेतृत्वको एट्लेटिकोलाई निराश पार्यो ।
विङ्गर किंग्सले कोम्यानले अलराउण्डर प्रर्दशन गर्दै दुई गोल गरे । उनले गत अगष्टमा लिस्वोनमा समेत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध फाइनल खेलमा विजयी गोल गरेका थिए ।
मिडफिल्डर लियोन गोत्र्जका र कोरेन्टिन टोलीसोले समेत बार्यनका लागि एक एक गोल थपे ।

रियल मड्रिड र एसी मिलानले मात्र च्याम्पियन्स लिगमा उपाधि रक्षा गरेका छन् । यस सिजन बायर्नलाई उपाधि रक्षा गर्न सक्ने टोलीको रुपमा हेरिएको छ ।
समूह एको अर्को खेलमा आरबी साल्जबर्ग र लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूहको पहिलो खेलमा जित निकाल्दै साविक विजेता बायर्नले ३ अंक जोडेको छ । एट्लेटिको अंक विहिन छ । साल्जबर्ग र मस्कोले १–१ अंक जोडेका छन् ।