मंगलबार, मंसिर १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

घरेलु मैदानमै रियल पराजित

बुधबार, ०५ कार्तिक २०७७खेलपाटी संवाददाता
घरेलु मैदानमै रियल पराजित
Classic Tech Internet Ad

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा हारबाट सुरुवात गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल घरेलु मैदानमै पराजित भएको हो ।

Image

खेलको २९ औं मिनेटमा टेटेले गोल गर्दै शाख्तरलाई सुरुवाती अग्रता दिलाए ।

३३ औं मिनेटमा रियलका रफायल भरानेले आत्मघाती गोल गर्दा रियल २-० ले पछि पर्यो ।

खेलको ४२ औं मिनेटमा शाख्तरका मानोर सोलोमोनले गोल गर्दा रियल पहिलो हाफमा ३-० ले पछि परेको थियो ।

दोस्रो हाफमा रियल मड्रिड खेलमा फर्कने कोशिस गर्यो ।

खेलको ५४ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ५९ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रियल ३-२ ले पराजित भयो ।

मोड्रिचको स्थानमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै भिनिसियसले गोल गरेका थिए । 

यस्तै खेलको इन्जुरी समयमा रियलका फेड्रिको भाल्भर्डेले गोल गरेका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताबाट रेफ्रीले उनको गोललाई मान्यता दिएन । भिनिसियस अफसाइड रहेको कारण त्यस गोलले मान्यता नपाएको हो । 

जितसँगै समूह 'बी' को शाख्तरले महत्वपूर्ण ३ अंक जोडेको छ । र, शाख्तर समूहको शीर्ष स्थानमा रहेको छ । 

रियलले भने हारबाट सिजनको सुरुवात गरेको छ । 

च्याम्पियन्स लिग अन्तर्गत नै समूह 'ए' को खेलमा साल्जबर्ग र लोकमोटिभ मस्कोले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । 

Image

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्ती सुधार्ने लक्ष्यमा नेपाल

गल्ती सुधार्ने लक्ष्यमा नेपाल

‘ए’ डिभिजन लिग गर्ने एन्फा कार्यसमितिको निर्णय

‘ए’ डिभिजन लिग गर्ने एन्फा कार्यसमितिको निर्णय

भारत साफबाट यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली

भारत साफबाट यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली

Bajaj Pulsar Motorcycle Ad
गल्ती सुधार्ने लक्ष्यमा नेपाल

गल्ती सुधार्ने लक्ष्यमा नेपाल

एनपीएलमा आज डबल हेडर

एनपीएलमा आज डबल हेडर

चितवन राइनोजको फुड पार्टनर मुस्ताङ राइस

चितवन राइनोजको फुड पार्टनर मुस्ताङ राइस

विराटनगरबाट खेल्न काठमाडौं आए फाफ डु प्लेसिस

विराटनगरबाट खेल्न काठमाडौं आए फाफ डु प्लेसिस

नेपाल एसीसी यु–१९ प्रिमियर कपमा उपविजेता

नेपाल एसीसी यु–१९ प्रिमियर कपमा उपविजेता

‘ए’ डिभिजन लिग गर्ने एन्फा कार्यसमितिको निर्णय

‘ए’ डिभिजन लिग गर्ने एन्फा कार्यसमितिको निर्णय

एनपीएल खेल्न फाफ डु प्लेसिस आज नेपाल आउने

एनपीएल खेल्न फाफ डु प्लेसिस आज नेपाल आउने

यु–१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य

यु–१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य