एजेन्सी । इटालियन क्लब इन्टर मिलानका फुलब्याक तथा विंगर आच्रफ हाकिमीलाई कोरोनाको संक्रमण भएको छ ।
इन्टरले बुधबार मोरक्कोका हाकिमीलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना देखिएपछि हाकिमी सेल्फ आईसोलेसनमा बसेको समेत इन्टरले जनाएको छ ।
कोरोनाको संक्रमणपछि हाकिमीले च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया मुन्छेनग्लाडबाखसँगको खेल गुमाउने छन् ।
इन्टरले आज राति जर्मन क्लबसँग खेल्नेछ ।
२१ वर्षीय हाकिमी यसै सिजन रियल मड्रिडबाट इन्टर आएका हुन् ।