काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलतर्फ स्वर्ण पदक विजेता टोलीका सदस्य विकास खवास नगदसहित सम्मानित भएका छन् ।
मोरङको सुन्दर हरैचा नगरपालिकाले बुधबार विकासलाई १ लाख ५१ हजार नगदले सम्मानित गरेको हो ।
नगर प्रमुख शिव ढकालले विकासलाई नगदसहित सम्मानित गरे ।
नेपाललाई सागमा स्वर्ण जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नगरपालिकाले सम्मान गरेको हो । विकास त्यहिँ नगरको बासिन्दा समेत हुन् ।
डिफेन्डर विकास घरेलु फुटबलमा त्रिभुवन आर्मी क्लबबाट खेल्ने गर्छन् ।
विकास गत सिजनको 'ए' डिभिजन लिगमा उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।
आर्मीका लागि उनी महत्वपूर्ण खेलाडी हुन् ।