एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले एडुअर्ड मेन्डी आफ्नो पहिलो रोजाईका गोलकिपर भएको बताएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि लाम्पार्डले मेन्डी आफ्नो लागि नम्बर एक गोलकिपर भएको बताएका हुन् ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले सेभियासँग गोलरहित बराबरी खेलेको थियो । खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै केहि गोल्हारू बचाएका थिए ।
'एडुअर्ड पहिलो नम्बर हो । ऊ जसरी खेल्दैछ म म ज्यादै खुशी छु,' लाम्पार्डले भनेका छन् ।
चेल्सीले यसै समरमा मेन्डीलाई अनुबन्ध गरेको हो । रेनसबाट स्टामफोर्ड ब्रिज आएका उनले ५ वर्षको सम्झौता गरेका हुन् ।
क्लबका कीर्तिमानी मूल्यका गोलकिपर किपा एरिजाब्लागाको विकल्पमा चेल्सीले सेनेगलका मेन्डी अनुबन्धन गरेको हो ।
पछिल्लो समय किपाले खराब प्रदर्शन गरिरहेका छन् । जसको फाइदा मेन्डीले उठाईरहेका छन् ।