एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) शाख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्दैछ ।
ला लिगा च्याम्पियन रियलले समूह चरणको पहिलो खेलमा शाख्तरसँग खेल्न लागेको हो । समूह 'बी' मा रहेको रियल र शाख्तरबीचको खेल नेपाली समय अनुसार १०:४० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ । तर, उक्रेनी क्लबविरुद्ध रियललाई जित निकाल्न कठिन हुनेछ ।
बलियो टिम शाख्तर समेत रियललाई उसैको मैदानमा हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
युक्रेनी क्लबविरुद्ध रियलले कप्तान सर्जियो रामोस र इडेन हाजार्डलाई गुमाउने छ । चोटको कारण दुवै खेलाडी टिम बाहिर रहेका छन् ।
तर, करिम बेन्जिमा, इस्को, मार्सेलो, लुका मोड्रिच, एसेन्सियो, टोनी क्रुस, लुकास भास्क्वेज, रोड्रिगो, भिनीयस जस्ता खेलाडी रियलसँग रहेको छ ।
यसै समूहको अर्को खेलमा इन्टर मिलानले बोरुसिया बोरुसिया मुन्छेनग्लाडबाखसँग खेल्नेछ ।
इन्टरको मैदानमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।