एजेन्सी । बायर्न म्युनिखका विंगर सर्जी जिनाब्रीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बायर्नले २५ वर्षीय विंगरलाई कोरोना देखिएको जनाएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत एट्लेटिको मड्रिडसँगको खेल अघि गरिएको परिक्षणमा उनलाई कोरोना देखिएको हो ।
बायर्नले घरेलु मैदानमा बुधबार राति एट्लेटिकोसँग खेल्दैछ ।
कोरोना देखिएपछि जिनाब्रीले एट्लेटिकोसँगको खेल समेत गुमाउने भएका छन् ।
गत सिजन बायर्नले उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
बायर्नले जिनाब्री सेल्फ आईसोलेसनमा बसेको समेत जनाएको छ ।
यस्तै उनलाई कुनैपनि लक्षण र स्वास्थ्यमा समस्या नरहेको बायर्नले जनाएको छ ।