एजेन्सी । मार्कुस रासफोर्ड पुन एक पटक चम्किएको खेलमा म्यान्चेष्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।
मंगलबार भएको समूह एचको खेलमा युनाईटेडले पीएसजीलाई २–१ ले हराएको हो ।
नयाँ कप्तानको रुपमा ब्रुनो फर्नान्डेजले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए ।
एन्थोनी मार्टियलले ५५ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी खेलमा फर्किएको थियो ।
खेल सकिन ३ मिनेट बाँकी छदाँ पाउल पोग्बाको पासमा रासफार्डले गोल गर्दै गत सिजनको फाईनल खेलेको पीएसजीमाथि युनाईटेडले जित निकाल्यो ।

१८ महिना अघिमात्र रासफोर्डकै गोलमा पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।
युनाईटेडका लागि गोलकिपर डेभिड डी जियाले सुधारिएको प्रर्दशन गरे । उनले पीएसजीका नेयमार र केलियन एम्बाप्पेको प्रहारलाई निस्तेज पारे ।
समूह एको युनाईटेडले पहिलो खेलमै ३ अंक बटुलेको छ । गत सिजन फाईनल खेलेको पीएसजी पहिलो खेलमै अंक विहिन बनेको छ ।