एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ ।
मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को जित सहित बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो ।
लियोनल मेस्सीले २७ औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अघि बढाएका थिए ।
अंशु फातीले ४२ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
फिलिप कौटिन्होले ५३ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।
६८ औं मिनेटमा जेरार्ड पीके रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।
पीकेको रातो कार्ड बार्सिलोनालाई महङ्गो पर्ने देखिन्छ । उनले युभेन्ट्सविरुद्धको अर्को खेल गुमाउनेछन् ।
खरातिनले ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीका लागि एक गोल फर्काएका थिए ।
बार्सिलोनाका गोन्जालेजले ८२ औं मिनेटमा बार्सिलोनालाई ४–१ को अवस्थामा पुर्याए ।
खेल सकिन एक मिनेट बाँकी छदाँ उसमान डेम्बेलेले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए ।
समूह जीको खेलमा बार्सिलोनाले ३ अंक बटुलेको छ ।