एजेन्सी। रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा रियल बेटिसलाई ३-० गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।
बेटिसको मैदानमा क्रिस्टियन पोर्टुले ४३ औं मिनेटमा गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ७४ औं मिनेटमा मिकेल ओयार्जबलले सोसिडाडको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा एड्नान जानुजाजले गोल गर्दै सोसिडाडलाई ३-० को जित दिलाए ।
जितसँगै सोसिडाडले ६ खेलमा ११ अंक जोडेको छ । सोसिडाडको यो लिगमा तेस्रो जित हो ।
बेटिसले ६ खेलमा ९ अंक जोडेको छ । बेटिस तालिकाको सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा एथ्लेटिक बिल्बाओले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
भिल्ला रियलले भ्यालेन्सियालाई २-१ र इल्चेले डिपोर्टिभो अल्भेसलाई २-० ले हराएको छ ।
