एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी पराजित भएको छ ।
आइतबार राति भएको खेलमा लेष्टर एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो ।
खेलको इन्जुरी समयमा रोस बार्क्लीले निर्णायक गोल गरेपछि लेष्टर घरेलु मैदानमा स्तब्ध भएको हो ।
जोनको पासमा बार्क्लीले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट गोल गरेका थिए ।

चोटका कारण जेमी भार्डीबिना मैदान उत्रिएको लेष्टरले बल पोजिसनमा पकड जमाए पनि गोल गर्न सकेनन् ।
लेष्टरलाई हराएसँगै एस्टनले लिगमा अपराजित यात्रा कायम राख्दै चौंथो जित निकालेको छ । ४ खेलमा १२ अंक जोडेको एस्टन दोस्रो स्थानमा रहेको छ ।
लेष्टरको यो सिजनको दोस्रो हार हो । ५ खेलमा लेष्टर ९ अंक सहित चौंथो स्थानमा रहेको छ ।
