एजेन्सी । इडिन्सन काभानीले पहिलो पटक म्यान्चेष्टर युनाइटेडका सहकर्मीसंग अभ्यास सुरु गरेका छन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट युनाइटेड आएका काभानीले पहिलो पटक नयाँ क्लबका सहकर्मीसंग अभ्यास सुरु गरेका हुन् ।
उनी आगामी मंग्लबार च्याम्पियन्स लिगमा पूर्व क्लब पीएसजीविरुद्ध उत्रने सम्भावना रहेको छ ।
उरुग्वेका अन्तराष्ट्रिय फरवार्ड नयाँ सिजन खेलाडी सरुवा बजारको अन्तिम दिन युनाइटेडसंग जोडिएका थिए ।

उनले गत सिजनको अन्तिममा लिग वान क्लब पीएसजी छाडेका थिए ।
३३ वर्षिया फरवार्डले युनाइटेडमा आएपछि बेलायत सरकारले अनिवार्य गरेको क्वारेन्टिनमा बसेका थिए । कोरोना भाईरसका महामारीका कारण सरकारले देशभित्र आउने हरेक नागरिकका लागि कडा प्रोट्रोकल तयार गरेको छ ।
सोही नियमका कारण काभानी आले गुनर सोल्सायरको टिममा समावेश हुन सकेनन् । उनले शनिबार मात्र न्युक्यासलविरुद्ध प्राप्त जितको खेल गुमाउन पुगे ।
काभानीले क्वारेन्टिनको समय पुरा गरेका छन् । उनी युरोपियन खेल अघि युनाइटेडको टिममा उपलब्ध भएका छन् ।
युनाइटेडले काभानीको भिडियो सार्वजनीक गर्दै उरुग्वेका फरवार्ड टिमसंग अभ्यासमा सामेल भएको बताएको छ ।

नापोलीका पूर्व खेलाडी युनाइटेडका चार मुख्य फरवार्ड मध्यका एक हुन् । उनीसंगै युनाइटेडका मार्कुस रासफोर्ड, एन्थोनी मार्टियल र ओडियन इग्लो मख्यु फरवार्डको रुपमा रहेका छन् ।
लिग वानमा रहदाँ उनी सन् २०१६ देखि २०१८ सम्म सर्वाधिक गोलकर्ताको रुपमा रहेका थिए । उनी सन् २०१७ मा प्लेयर अफ द इयर समेत बनेका थिए ।
अन्तराष्ट्रिय मञ्चमा उनको टिम उरुग्वे सन् २०१४ को विश्वकपमा चौथो बनेको थियो । उनको सहयोगमा उरुग्वेले सन् २०१४ र २०१८ मा विश्वकपको नकआउटमा स्थान बनाएको थियो ।