शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपको बोर्ड बैठक दशैं पछि

आइतबार, ०२ कार्तिक २०७७खेलपाटी संवाददाता
राखेपको बोर्ड बैठक दशैं पछि

सदस्य सचिव नियुक्तिको पत्र रमेश सिलवाललाई दिदै खेलकुद सचिव रामप्रसाद थपलिया । फोटो : खेलकुद मन्त्रालय

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक दशैं पछि मात्र बस्ने भएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै बोर्ड बैठक दशैं पछि मात्र बस्ने भएको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले संख्या धेरै भएकाले दशैं अघि बोर्ड बैठक बस्ने सम्भावना नरहेको खेलपाटीलाई बताए ।

‘दशैं अघि बोर्ड बैठक बस्न गाह्रो हुने देखिन्छ । संख्या पनि ठुलो छ । कोरोनाको संक्रमण समेत बढेको छ । दशैंको मुखमा बैठक बस्दा संक्रमण फैलने डर हुन्छ ।’ विश्वकर्माले भने ।

उनले दशैं पछि मात्र बोर्ड बैठक बस्न सकिने अवस्था रहेको बताए ।

मन्त्रीपरिषद्को २९ गते बसेको बैठकले राखेपका ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो । प्रधानमन्त्री केपी ओलीले राखेपको बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कँुवर, चन्द्रबन्दना राई, सुमित्रा चौधरीलाई मनोनित गरेका थिए ।

यस्तै परिषद् अध्यक्षको रुपमा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई नियुक्त गरेका थिए ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐन अनुसार खेलकुद मन्त्री विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । मन्त्री विश्वकर्माले बोर्ड सदस्यको रुपमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरेका थिए ।

नयाँ ऐनले ३७ सदस्यीय राखेपको बोर्डको परिकल्पना गरेको छ । मन्त्रीपरिषद्ले नयाँ ऐन अनुसार राखेप सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरिसकेको छ ।

खेलकुद ऐन अनुसार परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्ने उल्लेख छ । सदस्य सचिवले अध्यक्ष अर्थात खेलकुद मन्त्रीसंगको परामर्शमा परिषद्को बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुने विषयको सूची सहितको सूचना बैठक हुनु ७ दिन अघि सबै सदस्यलाई पठाउनुपर्ने उल्लेख छ ।

बोर्डले मुख्य रुपमा परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने ऐनमा उल्लेख छ ।

ऐन कार्यान्व्यनमा आएको झण्डै ४ महिना बित्न लाग्दा समेत बोर्ड बैठक बस्न सकेको छैन ।

बोर्ड बैठकको ढिलाईले परिषद्को कार्यकारी समिति निर्माणदेखि वार्षिक कार्यक्रम तथा बजेट समेत पास हुन सकेको छैन ।

नयाँ ऐनले राखेप सञ्चालनको जिम्मेवारी ७ सदस्यीय कार्यकारी समितिलाई दिएको छ ।

खेलकुद मन्त्री विश्वकर्माले दशैं पछि बस्ने बोर्ड बैठक कार्यकारी समितिका विषयमा निर्णय गर्ने बताए ।

‘दशैं पछि बोर्ड बैठक बस्छ । कार्यकारी समितिको गठन समेत सोही बैठकले गर्छ ।’ उनले भने ।

परिषद्को कार्यकारी समिति ७ सदस्यीय हुने व्यवस्था छ । सदस्य सचिव संयोजक रहने कार्यकारी समितिमा मन्त्रालयका खेलकुद महाशाखा प्रमुख र राखेपका प्रशासन विभाग प्रमुख पदेन सदस्यको रुपमा रहन्छन् ।

कार्यकारी समितिको बाँकी ४ सदस्यमा परिषद् अध्यक्षको रुपमा खेलकुद मन्त्रीले कम्तीमा एक महिला सहित दुई जना र परिषद्ले कम्तीमा एक महिला सहित दुई जना सिफारिस गर्ने उल्लेख छ । आगामी बोर्ड बैठकले परिषद्को कार्यकारी समितिमा रहने २ सदस्यको विषयमा समेत निर्णय लिनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा