एजेन्सी । च्याम्पियनसिप क्लब ब्लाकबर्न रोभर्सले लिभरपुलका युवा फरवार्ड हार्भे इलियटलाई लोनमा अनुबन्धित गरेको छ ।
रोभर्सले एक सिजनका लागि फरवार्ड इलियटलाई अनुबन्धित गरेको हो ।
टिमको सिनियर टिममा पर्याप्त मौका नपाउने भएपछि १७ वर्षीय फरवार्डलाई लिभरपुलले लोनमा पठाएको हो ।
इंग्ल्यान्डका युवा टिमका सदस्य इलियटलाई लिभरपुलले २०१९ मा अनुबन्ध गरेको थियो ।
तर, उनले क्लबसँग व्यवसायिक सम्झौता भने गत जुलाईमा गरेका थिए ।
लिभरपुलसँग उनले ३ वर्षको सम्झौता गरेका थिए ।
इलियटले लिभरपुलबाट ९ खेल खेलेका छन् ।
