एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले डिफेन्डर जोइ रोडनलाई अनुबन्धित गरेको छ ।
टोटेनहमले च्याम्पियनसिप क्लब स्वान्सीबाट रोडनलाई अनुबन्धित गरेको हो ।
२२ वर्षीय डिफेन्डरले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
टोटेनहमले सेन्टर डिफेन्डर रोडन अनुबन्धका लागि निकै चासो देखाएको थियो ।
च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि टोटेनहमले रोडन अनुबन्ध गरेको हो ।
वेल्सका डिफेन्डर रोडनले स्वान्सीका लागि यस सिजन ५ खेल खेलिसकेका छन् ।
स्वान्सीले रोडनको स्थानमा उल्भ्सबाट रायन बेन्नेटलाई अनुबन्ध समेत गरेको छ ।
इंग्ल्यान्डका रायनले स्वान्सीसँग ३ वर्षको सम्झौता गरेका छन् ।