मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फा लुम्बिनीमा सहमतीको प्रयास असफल !

शनिबार, कार्तिक १, २०७७खेलपाटी संवाददाता
एन्फा लुम्बिनीमा सहमतीको प्रयास असफल !
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को लुम्बिनी प्रदेशको कमिटी गठनमा सहमती जुटाउने प्रयास असफल बनेको छ ।

केन्द्रिय सदस्य दिर्घबहादुर केसी (कुमार)को अगुवाईमा बाँकेको नेपालगञ्जमा बसेको अनौपचारिक भेलाले प्रदेशको नेतृत्व सहित कमिटी गठनमा सहमती जुटाउन सकेन ।

प्रदेशको नेतृत्वमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले अडान राखेपछि प्रदेश कमिटी गठनमा सहमती जुट्न नसकेको हो ।

प्रादेशिक संरचना अनुसार एन्फाले गण्डकी प्रदेश, सुदुरपश्चिम, प्रदेश नम्बर एक र प्रदेश नम्बर दुईमा सर्वसम्मत रुपमा प्रादेशिक संगठन गठन गरेको छ ।

लुम्बिनी प्रदेशमा समेत सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रिय सदस्य केसीले पहल अघि बढाएका थिए ।

सोही अनुसार बिहिबार केसी अगुवाईको टोली नेपालगञ्ज पुगेको थियो ।

बिहिबार साँझ र शुक्रबार बिहान भएको छलफलमा प्रदेशको नेतृत्वको बिषयमा सहमती जुट्न सकेन ।

प्रदेशको नेतृत्वका लागि बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाही र दाङका अध्यक्ष पुकार थापा प्रत्यासी छन् ।

केन्द्रिय सदस्य केसीले सहमतीमा नेतृत्व चयनका लागि दुवै पक्षलाई राखेर पहल गरेका थिए । तर दुवै पक्षले अडान छाडेनन् ।

रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका केसीले नेतृत्वमा सहमती जुटाउने प्रयास असफल बनेको बताए ।

‘दुवैलाई संगै राखेर छलफल गराएको हो । तर सहमती जुटेन ।’ केसीले खेलपाटीसंग भने, ‘नेतृत्व गर्नेले सबै जिल्लालाई सहमत बनाउन सक्न पर्छ ।’

केन्द्रिय सदस्य केसीले प्रदेश अन्तर्गतका जिल्लाहरु सहमतीमै अघि बढ्नुपर्ने धारणा राखे ।

उनले प्रदेशले सहमती नजुटेको खण्डमा केन्द्रबाट प्रतिनिधि माग गरेर अधिवेशनको प्रक्रिया अघि बढाउने परिस्थिती बन्ने बताए ।

प्रदेश नम्बर ५ मा एन्फाका ६ सदस्य जिल्ला रहेका छन् । रुपन्देही सहित बर्दिया, बाँके, दाङ, पाल्पा र परासी एन्फाका सदस्य जिल्ला रहेका छन् ।

नेतृत्वमा सहमती जुटेको खण्डमा लुम्बिनी प्रदेश कमिटी गठनको घोषणा गर्ने तयारी थियो ।

प्रदेश अन्तर्गतका जिल्लाबीच सहमती नबन्दा केन्द्रले निर्णय गरेर अधिवेशन प्रक्रिया अघि बढाउनेछ ।

छलफलमा बाँके अध्यक्ष शाहीले प्रदेशको नेतृत्वमा अडान राखेका थिए ।

उनले आफ्नो तर्फबाट कुनै कमजोरी भए सच्चिएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । उनले जिम्मेवारी दिएर आफुलाई अघि बढाउन आग्रह गर्दै कमजोरी देखिएको खण्डमा कारबाही भोग्न तयार रहेको बताएका थिए ।

‘काम गर्ने शिलशिलामा केही कमी–कमजोरी भए सुधार गर्छु । विश्वास गरेर नेतृत्वले जिम्मेवारी दिने वातावरण बनाउनुपर्छ । कमजोरी देखिएको खण्डमा कारबाही भोग्न तयार हुनेछु ।’ शाहीको भनाई उद्धित गर्दै एक सदस्यले भने ।

खेलपाटीसंग कुरा गर्दै शाहीले पहिल्यै निर्णय गरेर सल्लाह गर्न आएका कारण सहमती जुट्न नसकेको खेलपाटीलाई बताए ।

‘समझदारीका साथ सल्लाह गरेको भए राम्रो सन्देश जान्थ्यो । तर घेराबन्दी गरेर राम्रो व्यहार भएन ।’ उनले भने ।

फुटबल संघको विधानको प्रादेशिक संरचना अनुसार एन्फाले लुम्बिनी, कर्णाली र बाग्मतीमा मात्र कमिटी गठन गर्न बाँकी छ । अन्य सबै प्रदेशमा सर्वसम्मत रुपमा प्रादेशिक संरचना तयार भएका छन् ।

एन्फा प्रवक्ता किरण राईले सहमती नबनेको खण्डमा विधान अनुसार प्रदेशको कमिटी गठनको अधिकार केन्द्रलाई भएको बताए ।

‘सहमतीमा तलबाट समेत कमिटी बन्न सक्छ । तर कानुन अनुसार केन्द्रले प्रदेशको कमिटी बनाउने हो । केन्द्रसंग त्यो अधिकार छ ।’ उनले भने ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार